+
+

सगरमाथा जलविद्युत् कम्पनीको बिक्री आम्दानीसँगै नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते ९:५३

१९ माघ, काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीको बिक्री आम्दानीसँगै खुद नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ६ करोड ५९ लाख रुपैयाँ छ ।

गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४० लाख रुपैयाँ थियो । तुलनात्मक अवधिमा कम्पनीको बिक्री आम्दानी १५ करोड ९७ लाख रुपैयाँबाट बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ १३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ छ । यस कम्पनीले सुपरमाइ ए जलविद्युत् आयोजना संचालन गर्दै आएको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?