+
+

एमालेले बोलायो संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १०:४२

१९ माघ, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ ।

बैठक दिई दिन नै मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठक आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले बताए । ‘सरकारका कामकारबाह र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ,’ उनले भने ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आजै नेपाली कांग्रेस र रास्वपाले पनि संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?