+
+

भारतविरुद्ध गुल्शनले दिलाए नेपाललाई पहिलो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १४:१७

१९ माघ, काठमाडौं । नेपालका तीव्र गतिका बलर गुलशन झाले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध पहिलो सफलता दिलाएका छन् ।

गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए ।

बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराए । उनले १८ बलमा ४ चौका प्रहार गरे ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ५ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । ओपनर अर्शिन कुलकर्णी ५ र प्रियान्शु मोलिया क्रिजमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?