+
+

संसदमा अब अनिवार्य विद्युतीय हाजिरी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १८:१४

१९ माघ, काठमाडौँ । संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । संसद सचिवालयका अनुसार यही माघ २२ गते देखि सुरू हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको हो ।

यस सम्बन्धमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा छलफल भएको छ ।

संसद सचिवालयका अनुसार विद्युतीय हाजिरीका लागि वानेश्वरस्थित संसद भवनमा बैठक कक्ष बाहिर चार वटा मेसिन राखिएको छ । सभामुख, प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिनको व्यवस्था मिलाइएको छ ।

विद्युतीय हाजिरीका लागि संसद सचिवालयले दुई जना बाहेकका सांसदको औठाछाप र अनुहारको विवरण संकलन गरिसकेको छ ।

भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका टेकबहादुर गुरुङ र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेलमा रहेका टोपबहादुर रायमाझीको भने विद्युतीय हाजिरीको विवरण लिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?