+
+

मिस नेपाल सृच्छा प्रधानले मिस वर्ल्डमा ‘वातावरणमैत्री सहर’को परियोजना प्रस्तुत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते २१:२४

काठमाडौं । मिस नेपाल सृच्छा प्रधानले विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डमा ‘वातावरणमैत्री’ सहरको परियोजना प्रस्तुत गर्ने भएकी छन् । यसका लागि उनले पाटन सहरलाई ‘इको-सिटी’को रुपमा विकास गर्ने अवधारणा अघि सारेकी हुन् ।

विश्व सिमसार दिवसको अवसरमा शनिबार एक समारोह आयोजना गर्दै उनले मिस वर्ल्डको गृहकार्यस्वरुप आफू अहिल्यैदेखि जुटेको बताइन् । उक्त समारोहमा युवा उद्यमीले आफूले उत्पादन गरेका वातावरणमैत्री घरेलु सामाग्रीदेखि पहिरनसम्म प्रदर्शनीमा राखिएको थियो ।

आगन्तुकले आफ्नो रुचि र मुडअनुसारका पेन्टिङ पोत्नेदेखि ती पर्यावरणमैत्री उत्पादनबारे जिज्ञासा राखेका थिए । ‘हामीले ब्युटी विथ पर्पसका लागि इको-सिटीको अवधारणा अघि सारेका छौं । यसमा काम गर्न सहकार्य चाहिन्छ । यसका लागि विभिन्न संस्थासँग हातेमालो गरेको छु’ उक्त अवसरमा सृच्छाले अनलाइनखबरसँग भनिन् ।

‘मेरो पृष्ठभूमि वन्यजन्तुलाई न्याय दिलाउने विषयमा हो । तर, यस्तो सहर होस् जुन सिमसारलाई लिएर सचेत छ । यो अवधारणा मान्छेले आफै बुझोस् । वातावरणीय संकट रोक्न यसको भूमिका हुनसक्छ’ उनले भनिन्, ‘अहिलेको पाटनको भित्री वस्तीमा हामीले सांस्कृतिकरुपमा कसरी वन्यजन्तु र वातावरणसँग जोड्न सकिन्छ भनेर हेरिरहेका छौं । संरक्षणका लागि पनि यो महत्वपूर्ण हुनसक्छ ।’

विश्व स्तरमा नेपालको संरक्षण क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर आफू अध्ययन र अनुसन्धानमा लागेको पनि उनले बताइन् । जसका लागि राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२८ मा सहभागि हुन आफू युएई गएको र त्यहाँ धेरै कुरा सिकेको सृच्छाको अनुभव छ । ‘विश्व स्तरमा नेपालले समस्याको तरिका पेश गर्न सकोस्’ उनले भनिन् ।

सृच्छाले आयोजना गरेको उक्त सिमसार प्रदर्शनमा मिस नेपाल अर्थ रेना मजगैयाँ पनि सहभागि थिइन् । अर्कोतर्फ, भारतमा आयोजना हुने ७१ औं मिस वर्ल्ड प्रतियोगितामा दर्शकको रुपमा सृच्छा पनि त्यसतर्फ जाने भएकी छन् । वातावरण शिक्षाकी विद्यार्थी समेत रहेकी मिस नेपाल सृच्छा वातावरण अभियन्ता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?