+
+

भ्यालेटाइन्स महिना फेब्रुअरीमा ओटीटीमा आउँदैछन् यी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १२:४६
यस वर्षको चर्चित फिल्म ‘पास्ट लाइभ्स’को एक दृश्य

काठमाडौं । अंग्रेजी महिना फेब्रुअरीमा केही विश्वचर्चित फिल्म ओटीटी प्लाटफर्ममा स्ट्रिमिङ हुँदैछन् । जुन लाइनअपमा यस वर्षको ओस्कार अवार्डमा सर्वाधिक १३ विधामा मनोनित ‘ओपेनहाइमर’देखि निकै रुचाइएको ‘पास्ट लाइभ्स’सम्म छन् ।

क्रिस्टोफर नोलनको आणविक बमबारेको फिल्म ‘ओपेनहाइमर’ पिककमा फेब्रुअरी १६ मा रिलिज हुँदैछ । ओस्कार समारोहको ठीक एक महिनाअघि सार्वजनिक हुने यो फिल्मले ओस्कार मतदातालाई प्रभावित तुल्याउन सक्ने अनुमान छ ।

हलमा रिलिज हुँदा ९५० मिलियन डलर कमाएको किलियन मर्फी स्टारर ‘ओपेनहाइमर’ सबैभन्दा धेरै कमाउने बायोग्राफिकल फिल्म समेत हो । यस वर्षका गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइस अवार्डमा यसले उत्कृष्ट फिल्मको विधा जितिसकेको छ ।

यसबाहेक फेब्रुअरी महिनामा धेरै प्लाटफर्मले रोमान्टिक फिल्म ल्याउँदैछन् । भ्यालेन्टाइन्स डेको छेको पनि पर्ने भएकाले नेटफ्लिक्ससहित अमेजन प्राइम भिडियो, हुलु लगायतले रोमान्टिक सिरिज र फिल्म ल्याउनेछन् ।

नेटफ्लिक्सले गिना रोड्रिग्युज स्टारर ‘जेनी द भर्जिन’ र टम एलिस स्टारर ‘लुसीफर’ रिलिज गर्दैछ । अमेजन प्राइमले क्यामिलिया मेन्डेस स्टारर ‘रिभरडेली’ रिलिज गर्दैछ । अन्तर्राष्ट्रियरुपमा रुचाइएको रोम-कम ‘अपग्रेडेड’ पनि आउँदैछ ।

कुनकुन फिल्म कुन प्लाटफर्ममा आउँदैछन् ?

ओपेनहाइमर – फेब्रुअरी १६ (पिकक)

पास्ट लाइभ्स – फेब्रुअरी २ (प्यारामाउण्ट प्लस)

प्रिस्किला – फेब्रुअरी २३ (म्याक्स)

क्रसरोड्स – फेब्रुअरी १५ (नेटफ्लिक्स)

मोनिका – फेब्रुअरी २५ (हुलु)

नाइ नाइ-वाइ पो – फेब्रुअरी ९ (डिज्नी प्लस)

सर्टकमिङ्स – फेब्रुअरी १ (नेटफ्लिक्स)

प्लेयर्स – फेब्रुअरी १४ (नेटफ्लिक्स)

मेय कुल्पा – फेब्रुअरी २३ (नेटफ्लिक्स)

एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स – फेब्रुअरी २३ (नेटफ्लिक्स)

कोड ८ : पार्ट २ – फेब्रुअरी २८ (नेटफ्लिक्स)

द पड जेनेरेसन – फेब्रुअरी १६ (हुलु)

नो म्याड ल्याण्ड – फेब्रुअरी १९ (हुलु)

कोकोमो सिटी – फेब्रुअरी २ (प्यारामाउण्ट प्लस)

अपग्रेडेड – फेब्रुअरी ९ (प्राइम भिडियो)

फाइभ ब्लाइण्ड डेट्स – फेब्रुअरी १३ (प्राइम भिडियो)

दिस इज मी नाउ : अ लभ स्टोरी – फेब्रुअरी १६ (प्राइम भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?