+
+

एट्लेटिकोसँग बराबरीले रियललाई धक्का

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते ९:३१

२२ माघ, काठमाडौं । स्पानिस ला लिगामा दुई मड्रिड क्लब रियल र एट्लेटिकोले १-१ को बराबरि खेलेका छन् ।

शीर्ष स्थानको रियलले सुरुमा अग्रता लिए पनि इन्जुरी टाइममा गोल बेहोरेपछि अंक बाँड्न बाध्य भएको हो र यसले रियलको उपाधि होडमा केही धक्का लागेको छ ।

इन्जुरी टाइमको तेस्रो मिनेटमा एट्लेटिकोका मार्कोस लरेन्टले गोल गोल गरेपछि खेल नाटकीय रुपमा बराबरीमा सकिएको हो ।

त्यसअघि घरेलु मैदानका ब्राहिम डियाजले २०औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा एट्लेटिकोका साभिचले गोल गरेपछि भिएआरले मान्यता दिएन । तर इन्जुरी टाइममा लरेन्टले मेम्पिस डिपाएको पासमा गोल गर्दै हारबाट जोगाए ।

बराबरीपछि रियलले शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर गुमायो । रियलको २३ खेलबाट ५८ अंक छ । दोस्रो स्थानको जिरोनाको समान खेलबाट ५६ अंक छ ।

बार्सिलोना ५० अंकसहित तेस्रो र एट्लेटिको ४८ अंकसहित चौथोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?