+
+

रियल मड्रिडको कठिन जित, मोराटाले ह्याट्रिक गरेपनि गिरोनासँग एट्लेटिको पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते ८:३३

१९ पुस, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले मायोर्काविरुद्ध १-० को कठिन जित हात पारेको छ । उता यस सिजन उत्कृष्ट लयमा रहेको गिरोनाले अर्को मड्रिड क्लब एट्लेटिको माथि रोमाञ्चक जित निकालेको छ ।

रियलका लागि डिफेण्डर एन्टोनियो रुडिगरले ७८औं मिनेटमा एक मात्र गोल गरे । रुडिगरले लुका मोडरिकको क्रसमा हेडमार्फत गोल गरेका थिए ।

मायोर्काले पनि खेलमा गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । मायोर्काका एन्टोनियो सान्चेज र रसामु कोस्टाको प्रहार बारमा लाग्दा गोलबाट बन्चित भएको थियो ।

यस जितले रियल सबैखाले प्रतियोगितामा गरी १८ खेलमा अपराजित छ ।

ला लिगामा १९ खेलबाट ४८ अंकसहित रियल शीर्ष स्थानमै छ । गिरोना समान अंक भएपनि रियल गोल अन्तरमा अघि छ ।

गिरोनाले एट्लेटिको मड्रिडलाई ४-३ ले हरायो । एट्लेटिकोका अल्भारो मोराटाले ह्याट्रिक गरेपनि जितका लागि पर्याप्त भएन ।

इभान मार्टिनले इन्जुरी टाइममा गोल गरेपनि गिरोनाले जित हात पार्द ३ अंक जोडेको हो ।

त्यसअघि गिरोनाका लागि भालेरी फर्नान्डेज, साभियो र डाले ब्लाइन्डले पहिलो हाफमै गोल गरेका थिए । पहिलो हाफमा दुई गोल गरेका एट्लेटिकोका मोराटाले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए ।

एट्लेटिको १० खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?