+
+

मड्रिड डर्बीमा रियललाई हराउँदै एट्लेटिको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते ८:१७

५ माघ, काठमाडौं । एन्टोनी ग्रीजमन र रोड्री रिक्वेल्मेले अतिरिक्त समयमा गोल गरेपछि मड्रिड डर्बीमा रियललाई ४-२ ले हराउँदै एट्लेटिको कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरी भएपछि अतिरिक्त ३० मिनेट समय थप गरिएको थियो, जहाँ ग्रीजमनले १००औं तथा रिक्वेल्मेले ११९औं मिनेटमा गोल गरे ।

त्यसअघि एट्लेटिकोले दुई पटक अग्रता लिए पनि रियलले बराबरी गोल फर्काएको थियो ।

डिएस लिनोले ३९औं मिनेटमा एट्लेटिकोलाई अग्रता दिलाएका थिए तर एट्लेटिकोका किपर जोन ओब्लाकले आत्मघाती गोल गरेपछि रियल खेलमा फर्केको थियो ।

त्यसपछि अल्भारो मोराटाले ५७औं मिनेटमा गोल गर्दै फेरि एट्लेटिकोलाई अग्रता दिलाएका थिए तर रियलका जोसेलुले ८२औं मिनेटमा बराबरी गोल गरे ।

त्यसपछि अतिरिक्त समयमा ग्रीजमनले सानदार गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए भने रिक्वेल्मेको गोल जित सुनिश्चित गर्न पर्याप्त बन्यो ।

८ दिनभित्रै दुई मड्रिड क्लबबीच दुई प्रतिस्पर्धात्मक खेल भएको हो ।

साउदी अरेबियामा भएको स्पानिस सुपर कपको सेमिफाइनलमा रियलले एट्लेटिकोलाई अतिरिक्त समयमै ५-३ ले पराजित गरेको थियो ।

कोपा डेल रे क्वाटरफाइनल ड्र शुक्रबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?