+
+

एट्लेटिको मड्रिड र डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते ७:५४

१ चैत, काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एट्लेटिकोले इटालियन क्लब इन्टरमिलानलाई पेनाल्टीसुटआउटमा ३-२ ले हराएर अन्तिम ८ मा स्थान बनाएको हो ।

दुई लेगको खेल २-२ को बराबरीमा सकिएपछिको खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

पहिलो लेग इन्टरले १-० ले जितेको थियो । तर, घरेलु मैदानमा भएको दोस्रो लेगमा एट्लेटिकोले एक गोलले पछि पर्दा पनि पुनरागमन गर्दै दुई गोल गरेको थियो ।

३३औं मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर, एन्टोनी ग्रिजमनले ३५औं र मेम्पिस डिपाएले ८७औं मिनेटमा गोल गरेपछि एट्लेटिकोले खेलमा अग्रता लिंदै समग्रमा स्कोर २-२ पुर्‍याययो । त्यसपछि खेलमा निर्धारित समयम र ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट थप गोल हुन सकेन ।

पेनाल्टीसुटआउटमा एट्लेटिकोका लाथि मेम्पिस डिपाए, रोड्रिगो रिक्वेल्मे र एन्जल कोरेअले गोल गरे । सउल निगेजले गोल गर्न सकेनन् ।

यस्तै सुटबउटमा एट्लेटिकोका गोलकिपर जान ओब्लाक नायक भए । उनले इन्टरका  एलेक्सिस सान्चेज र डेभ्भी क्लासेनको पेनाल्टी प्रहार बचाए । इन्टरका लाउटारो मार्टिनेजको प्रहार पोष्टभन्दा बाहिर गयो ।

इन्टरका लागि हाकन चालहानोग्लु र फ्रान्सेस्को असेर्बीले मात्र गोल गरे ।

यस्तै डर्टमण्डले डच क्लब पीएसजी आइन्डहोभनलाई दोस्रो लेगमा २-० ले पराजित गर्दै समग्रमा ३-१ को समग्रमा ३-१ को नतिजा निकालेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

डर्टमण्डलाई दोस्रो लेगमा जित दिलाउन जाडोन सान्चोले तेस्रो र मार्को रिउसले खेलको इन्जुरी टाइको पाँचौ मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?