+
+

करको विरोधमा आज देशभरका फिल्म हल बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते ११:१७

काठमाडौं । विभिन्न शीर्षकमा सरकारले लिँदै आएको करको विरोधमा आज देशभरका फिल्म हल बन्द भएका छन् । सांकेतिक विरोध भन्दै चलचित्र संघको आह्वानमा ढेडसय हलले सोमबार प्रदर्शन स्थगित गरेका हुन् ।

चलचित्र विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा सरकारले ३६ प्रतिशत कर उठाउँदै आएको र यो अव्यवहारिक भएको संघको भनाई छ । चलचित्र विकास शुल्क र स्थानीय कर अव्यवहारिक भएको र यसलाई खारेजी गर्नुपर्ने माग प्रदर्शकको छ ।

चलचित्र विकास बोर्डले चलचित्र विकास शुल्क भन्दै प्रदर्शकबाट रकम उठाउने गरेको छ जुन रकम बोर्डको आर्थिक स्रोत पनि हो । यो शुल्कबाट संकलित रकमबाट बोर्डको प्रशासनिक कार्य संचालन हुन्छ । प्रदर्शक यो शीर्षकप्रति पनि असन्तुष्ट छन् ।

भ्याट र कर्पोरेट लागू भैसकेपछि अन्य शीर्षकमा कर लिन नपाइने माग संघको छ । बढी भ्याट लिँदा यसको प्रत्यक्ष मार दर्शकको क्रयशक्तिमा पर्ने विश्लेषण पनि संघको छ ।

चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ । कोरोना महामारीको कारण चलचित्र क्षेत्र धराशायी भएको उल्लेख गर्दै संघले सरकारले थोपरेको करले व्यवसाय सञ्चालन गर्न नसक्ने समेत जनाएको छ ।

‘करको माग पुरा नभए हामी विरोधका अन्य स्वरुपमा जानुपर्ने हुनसक्छ’ चलचित्र संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?