+
+

‘जिग्री’ ट्रेलर : पैसाको चक्करमा लागेका दुई युवाको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १२:५५

काठमाडौं । फागुन ४ मा रिलिज तयारीमा रहेको फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पैसाको चक्करमा लागेका दुई युवा पात्रले भोग्नुपर्ने उल्झनलाई चित्रण गरिएको छ ।

आकाश मगर निर्देशित फिल्ममा कमेडी, एक्सन र क्राइम जनराको मिश्रण छ । अभय बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीलालक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ ।

फिल्मले सहरमा आएर टिक्न संघर्ष गरेका दुई युवाको कथा पेश गर्छ । सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन् ।

छायांकन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, संगीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भीएफएक्स लुज राजभण्डारीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?