+
+

अभय बराल अभिनित फिल्म ‘जिग्री’ फागुन ४ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:०६

काठमाडौं । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले तीन फरक पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई रिलिज मिति घोषणा गरेका हुन् ।

‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन राख्दै फिल्म उक्त मितिमा आउने जानकारी दिइएको छ । कमेडी, क्राइम र एक्सन ड्रामा विधामा बनेको फिल्ममा अभय बराल, आकाश मगर, सुशीलराज पाण्डे, र पशुपति राईको मुख्य भूमिका छ ।

फिल्ममा सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ ।

फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् । महत्वकांक्षा बोकेर काठमाडौंमा आइपुगेका भिन्न स्वभाव भएका दुई युवकको कथा फिल्मले भन्छ । महंगी र अभावमा पिल्सिंदै काठमाडौंमा टिकेर बस्नका लागि गरेको संघर्षको कथावस्तुमा फिल्म बनेको छ ।

वर्तमान समयमा आम नेपाली युवाको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनालाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शक माझ देखाउन खोजेको छ ।

कार्यकारी निर्मातामा कुसुम थापा र निर्मातामा कुमार श्रेष्ठ छन् । फिल्ममा सुमित भट्ट र सोमित माझीको छायांकन, सरुन मानन्धरको सम्पादन तथा कलर र मिश्रण किशोर आचार्यको ध्वनि संयोजन छ । प्रोडक्सन डिजाइन आकी थेक्पा, संगीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भीएफएक्स लुज राजभण्डारीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?