+
+

सेयर बजारमा फाइनान्स ४ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १५:१६

१७ वैशाख, काठमाडौं । सोमबार सेयर बजार झिनो अंक बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ०.०७ ले बढेर १९८० अंकमै स्थिर रहेको छ । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ६८ करोडको कारोबार भएकोमा आज २ अर्ब ९५ करोडको भयो ।

९९ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने १७ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.१७ प्रतिशत बढ्यो । फाइनान्सका अलवा विकास बैंक १.६६ र बैंकिङ ०.२९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.५०, जीवन बीमा ०.२५, उत्पादन ०.०६, निर्जीवन बीमा ०.५१, अन्य ०.८२ र ब्यापार ०.४५ प्रतिशत घटे । माइक्रोफाइनान्स समूह स्थिर रह्यो ।

पोखरा, जानाकी र नेपाल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ७.६, सप्तकोशी विकास बैंकको ६.९९ तथा माण्डु हाइड्रोपावरको ६.१ प्रतिशत बढ्यो ।
त्यस्तै पिपुल्स पावरको ६, इन्स्टर्न हाइड्रोपावरको ३.८, मेन्छियाम हाइड्रोपावरको ३.२ तथा चिरख्वा हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य घट्यो ।

कारोबारका आधारमा पोखरा फाइनान्स, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गोर्खाज फाइनान्स र मल्टिपर्पस फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?