+
+

बर्लिन प्रिमियरबाट फर्किएका कार्म खप्तडमा फिल्म ‘जुगिना’ छायांकन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १५:११

काठमाडौं । बर्लिन फिल्म फेस्टिभलमा छनोटको कीर्तिमान रचेपछि ‘शाम्बाला’ अभिनेता कार्म यतिबेला सुदुरपश्चिमको बझाङस्थित खप्तडमा आगामी फिचर ‘जुगिना’मा ब्यस्त छन् ।

दुई सातादेखि खप्तड क्षेत्रमा यो फिल्मको छायांकन भैरहेको छ । प्रवीण रोकायाको यो डेब्यु कथानकको छायांकन आउँदो सातादेखि काठमाडौंमा हुनेछ । कार्म आफ्नो भागको सुटिङ सकेर बझाङदेखि फर्किएका छन् ।

काठमाडौंमा बस्ने केटाहरुले गर्ने संघर्षको कथाको सेटिङमा बनेको यो फिल्ममा कार्मसहित अरुण क्षेत्री, लुनिभा तुलाधर, सुरक्षा पन्तको अभिनय छ । कार्मले अब काठमाडौंमा हुने सेड्युलमा भाग लिनेछन् ।

फिल्ममा कार्म र सुरक्षालाई अपोजिटरुपमा प्रस्तुत गरिएको छ । ‘नांगो गाउँ’मा निर्देशन सहायक बनेका रोकायाको योे पहिलो फिचर फिल्म हो ।

कार्मको कुरा गर्दा, उनी अभिनित ‘शाम्बाला’ अब लोकार्नो र सिड्नी फिल्म फेस्टिभल जाने तयारीमा छ । गतवर्ष उनले मार्क गुरुङ निर्देशित एक फ्रेन्च सिरिजमा काम गरे । उनै मार्कको अर्को छोटो फिल्म ‘माइतीघर’मा पनि उनले काम गरेका छन् । यो छोटो फिल्ममा उनी ‘बेहुली फ्रम मेघौली’ फेम्ड रक्षा थापासँग उनी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?