१९ असोज, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको हो ।
सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको स्रोतले बतायो ।
सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन् ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4