+
+

कमेडी फिल्म ‘जिग्री’को टिजर : काठमाडौंमा टिक्न संघर्ष गर्ने युवाको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १६:१५

काठमाडौं । अभय बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक भएको छ । टिजरसँगै निर्माताले फागुन ४ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।

एक मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । टिजरमा ‘लुट’ फेम्ड अभिनेता सुशीलराज पाण्डेदेखि पशुपति राईसम्मलाई देखाइएको छ । चर्चित कास्टिङ निर्देशक तथा नाट्यकर्मी केदार श्रेष्ठ पनि टिजरमा छन् ।

यो कमेडी–क्राइम–एक्सन–ड्रामालाई आकाश मगरले निर्देशन गरेका हुन् । फिल्ममा सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, दिवाकर घिमिरे, सुशीलालक्ष्मी महर्जन, मनिष व्यञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ ।

यो फिल्मले अहिलेको समय बाँचिरहेका दुई युवाको कथा पेश गर्छ । ती युवाले महंगी र अभावमा पिल्सिंदै काठमाडौंमा टिकेर बस्नका लागि गरेको संघर्षको कथा फिल्मले भनेको छ । सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माणमा फिल्म बन्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?