+
+

‘दयारानी’को पोखरा प्रिमियरमा नेतादेखि मेयरसम्म (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १४:१०

काठमाडौं । दयाहाङ राई र दीया पुन स्टारर सोसल-ड्रामा ‘दयारानी’को प्रियिमर गरिएको छ । पोखराको मिडनाइट सिनेमाजमा आइतबार बेलुका आयोजित प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

प्रिमियरमा एमाले नेता किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, कवि रमेश श्रेष्ठ, अभिनेता प्रकाश घिमिरे, संगीतकार राजनराज सिवाकोटीसहित ‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री पुन सहभागी थिए ।

प्रिमियर शोमा बोल्दै मेयर आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र सिनेमा क्षेत्रका गतिविधि भइरहेको देख्दा खुसी लागेको बताए । प्रिमियर शोमा ‘दयारानी’ले राम्रो प्रतिक्रिया पाएको निर्देशक गुरुङले बताए ।

‘म पोखरेली नै भएर यति राम्रो पाएँ कि त्यो थाहा छैन तर फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ,’ प्रिमियरपछि निर्देशक गुरुङले अनलाइनखबरसँग भने ।

प्रदेशका पूर्वअर्थमन्त्री समेत रहेका किरण गुरुङले फिल्मको कथा पक्षको प्रशंसा गरे । उनले लेखन तथा निर्देशकीय पक्ष पनि उत्कृष्ट रहेको बताए । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायांकन गरिएको ‘दयारानी’मार्फत यो ठाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिए ।

‘दयारानी’ निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गर्नुभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । अभिनेत्री पुन यो फिल्मबाट आशावादी सुनिइन् ।

बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । यो फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र कृष्टि गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यु आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

तस्वीर : चलचित्र पत्रकार संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?