+
+
फ्राइडे रिलिज :

हलमा दयाहाङ भर्सेस दयाहाङ, ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते ११:५९

काठमाडौं । शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएका छन् । २०८० सालमा राईका फिल्म जुधेको यो दोस्रो पटक हो ।

बैशाख १ गते उनी अभिनित ‘जारी’ र ‘बिहेपास’ एकसाथ रिलिज भएका थिए । आगामी दिनमा उनका अन्य फिल्महरु पनि जुध्ने सम्भावना बलियो छ ।

‘दयारानी’लाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । गुरुङ फिल्मका यी हस्तीको नेपाली भाषामा डेब्यु निर्देशकीय फिल्म हो । निसन्तान दम्पतीको कथावस्तुलाई भावना र कटाक्ष मिश्रण गरेर माओत्सेले यो फिल्मको कथ्य बुनेका छन् । यो फिल्ममार्फत निर्देशकले पितृसत्तात्मक सोचमाथि प्रहार गरेका छन् ।

पोखराको मादी, याङ्जाकोट क्षेत्रमा छायांकन गरिएको यो फिल्म ग्रामिण कथावस्तुमा आधारित छ । दयाहाङ राई, दीया पुन, विजय बराल, पुष्कर गुरुङ लगायतको अभिनय रहेको यो फिल्म कमेडी र सोसल ड्रामा जनरामा बनेको छ ।

‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । कमेडी र सोसल ड्रामा जनरामा बनेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बेनिशा हमाल लगायतको अभिनय छ ।

यो फिल्म पनि ग्रामिण कथावस्तुमा बनेको फिल्म हो । गाउँले कथावस्तुमा बनेका यी दुई फिल्म दर्शकलाई रुचिकर हुनसक्छ । अभिनेता राईले सामाजिक संजालमा यी दुबै फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका छन् । निर्देशक गुरुङले पनि हार्दिकता प्रस्तुत गर्दै दुबै फिल्मको पोस्टर सार्वजनिक गरेका छन् ।

अभिनेता राईको पोस्टमा धेरैजनाले फिल्म नजुधाउन आग्रह गर्दै यसलाई दुर्भाग्यपूर्ण अवसरको संज्ञा दिएका छन् । आर्थिक मन्दीको यो समयमा एउटै साता दुई फिल्म रिलिज हुन क्रयशक्तिमा असर पर्ने दर्शकको सुझाव छ ।

शुक्रबार शाहिद कपुर र कृति सेनन स्टारर हिन्दी फिल्म ‘तेरी बातोँ में ऐसा उल्भा जिया’ पनि रिलिज भएको छ । यो फिल्म रोमान्टिक ड्रामा जनरामा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?