+
+

बिहीवारदेखि ‘दयारानी’ मध्यपूर्वमा रिलिज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते २१:१७

काठमाडौं । माओत्से गुरुङ निर्देशित सोसल-ड्रामा फिल्म ‘दयारानी’ विहिबारदेखि मध्यपूर्वमा रिलिज हुने भएको छ । नेपाल रिलिजको पाँच दिनपछि सेभेन सिजनले यो फिल्मलाई युएई, कतार र बहराइनमा प्रदर्शन गर्न लागेको हो ।

मध्यपूर्वका ठूला चेन मल्टिप्लेक्स हलहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म प्रदर्शन हुने वितरक रमेश ढकालले जानकारी दिए ।

मध्यपूर्वकाका युएई, कतार र बहराइनमा नेपाली फिल्महरु नियमित प्रदर्शन हुँदै आएको छ । दयाहाङ राई र दीया पुनको शीर्ष भूमिका रहेको यो फिल्मले नेपालमा सन्तोषजनक कमाइ गरिरहेको छ ।

यो फिल्मले पहिलो तीन दिनमा देशब्यापी १ करोड २५ लाख रुपैयाँ ग्रस कमाइ गरेको निर्माता तथा निर्देशक गुरुङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?