+
+

‘दयारानी’को काठमाडौं प्रिमियरमा सेलिब्रेटीको ‘फेसन स्टेटमेन्ट’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते २२:१७

काठमाडौं । देशब्यापी रिलिजको पूर्वसन्ध्यामा दयाहाङ राई र दीया पुन स्टारर फिल्म ‘दयारानी’लाई बिहीवार काठमाडौंमा प्रिमियर गरिएको छ ।

बिग मूभिजमा आयोजित प्रिमियरमा सेलिब्रेटीको खचाखच उपस्थिती रह्यो । निर्देशक माओत्से गुरुङ, अभिनेत्री दीया पुन, अभिनेता विजय बरालसहित फिल्मको कास्ट एण्ड क्रिउ प्रिमियरमा सहभागि रहे । दयाहाङ भने सुटिङको ब्यस्तताले उपस्थित भएनन् ।

रामबाबु गुरुङ, प्रियंका कार्की, शिल्पा मास्के, दिलिप रायमाझी, रेनशा राई, केकी अधिकारीसहितका सेलिब्रेटी सहभागि रहे । सारीमा उपस्थित प्रियंकाको लुक्स आकर्षक देखिन्थ्यो । निर्देशक समेत रहेकी रेनशाको विन्टर लुक्स मोहित तुल्याउने खालको थियो ।

अभिनेत्री दीया कुर्तामा सजिएकी थिइन् । नेपाली फिल्मको प्रिमियरमा खास नदेखिने दिलिप लेदरको कोट र क्यापसहित उपस्थित रहे । केकी ब्ल्याक पहिरनमा क्युट देखिइन् ।

प्रिमियरमा गुरुङ समुदायका कलाकारले झाँकी प्रस्तुत गरेका थिए । गुरुङ फिल्मका पहिलो निर्देशक प्रितम पनि उक्त अवसरमा उपस्थित थिए । गुरुङ समुदायले निर्देशक माओत्सेको टाउकोमा फेटा बाँधेर सम्मान व्यक्त गरे ।

यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । समग्रमा यो फिल्मले प्रिमियरबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । केही दिनअघि पोखरामा समेत यसको प्रिमियर गरिएको थियो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?