+
+

‘दयारानी’को पहिलो सप्ताहन्त ओपनिङ उत्साहजनक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते २०:०४

काठमाडौं । माओत्से गुरुङ निर्देशित सोसल ड्रामा फिल्म ‘दयारानी’ले पहिलो सप्ताहन्त घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । सोनम ल्होसारको दिन शनिबार प्रमुख मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी उत्कृष्ट देखियो ।

निर्माता रामबाबु गुरुङले काठमाडौं, पोखरा, बुटवल, दमौली र पूर्वका केही सहरमा फिल्मले शनिबार उत्साहजनक ब्यापार गरेको बताए । गुरुङ संस्कृतिको कथावस्तु भएकाले पनि सोनम ल्होसारको फाइदा यो फिल्मको अकुपेन्सीमा देखिएको छ ।

विशेषगरि पोखरामा फिल्मको अकुपेन्सी शनिबार बिहानदेखि बेलुकासम्म आक्रामक देखिएको छ । मिड टाउन सिनेमाजले दिएका सातै शोमा शतप्रतिशत अकुपेन्सी देखियो । यसो हुनु स्वभाविक पनि हो किनभने पोखरा गुरुङ बाहुल्य सहर रहेको र निर्देशक माओत्सेको गृहनगर पनि भएकाले यसको प्रभाव फुटफलमा देखियो ।

खासगरि, दिउँसो, अपरान्ह र रात्रीकालिन शो राम्रो रहेको जनाइएको छ । निर्देशक माओत्सेले केही हलले शो पनि वृद्धि गरेको जानकारी दिए । वितरक प्रचण्डमान श्रेष्ठले पहिलो सप्ताहन्त फिल्मले उत्साहजनक कमाइ गरेको जानकारी दिए ।

गुरुङ फिल्म वृत्तका चर्चित निर्देशक माओत्सेले दयारानीबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका हुन् । दयाहाङ राई र दीया पुनको शीर्ष भूमिका रहेको फिल्मले निःसन्तान दम्पतीको कथा पेश गर्छ । माओत्से गुरुङ फिल्म्स र बाँसुरी फिल्म्सले फिल्म निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?