+
+

तीन कविलाई व्यथित काव्य सम्मान

रासस रासस
२०८० माघ २२ गते १४:२५

२२ माघ, काठमाडौं । साहित्यिक पत्रकार संघले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गरे ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले सम्मान पाउनुहुने कविहरुको परिचय गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले मन्तव्य राखेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?