+
+

त्रिविको वेबसाइट ह्याक छानबिन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १७:०३

२२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालले जानकारी दिए । गत शुक्रबार सगठित समितिलाई १५ दिनको समय दिएको उनले बताए ।

निमित्त रजिष्ट्रार बस्यालका अनुसार समितिले वेबसाइट ह्याक हुनुको कारण, ह्याक हुन नदिने उपाय र चुनौतीको विषयमा सुझावसहित प्रतिवेदन पेश गर्नेछ ।

त्रिुभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाट अनलाइनबाट विद्यार्थीका प्रमाणपत्रहरु दिन भनेको तर सेवा सुरु भएको एक दिनमै वेबसाइट ह्याक भएको थियो । तर, सोमबार साँझसम्म सञ्चालन हुने गरी काम भइरहेको निमित्त रजिष्ट्रार बस्यालले बताए ।

‘आजसम्म जसरी पनि बनाउने उहाँहरुले प्रतिवद्धता गर्नुभएको जानकारी पाएको छु’, उनले भने ।

गत सोमबार (१५ माघ)बाट त्रिवि अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेको थियो । शुक्रबार साँझसम्म वेबसाइटमा ‘मेन्टेनेन्स’ भइरहेको उल्लेख छ ।

‘ह्याकर’ रोहित रोकायाले वेबसाइटमा ‘बग’ भेटिएकोले सचेत गराउनका लागि तथ्यांकलाई असर नगरी ‘ह्याक’ गरेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?