+
+

लोकगीत सर्जक रमेश बिजीले गरे अष्ट्रेलियामा प्रेमिका शर्मिलासँग विवाह

राजन घिमिरे राजन घिमिरे
२०८० माघ २२ गते १७:१०

सिड्नी । लोक संगीतकर्मी रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् । प्रेमिका शर्मिला श्रेष्ठसँग उनले अष्ट्रेलियाको मेलबर्नमा सोमबार विवाह गरेका हुन् । १५ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै शर्मिला र रमेश सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

रमेश र शर्मिला दुवै स्याङ्जाका हुन् । ‘हामी पहिलादेखि नै साथी हौं । हामी एउटै विद्यालय र कलेजमा पढेका हौं । उनी अष्ट्रेलिया आइन्, म नेपालतिरै संगीत क्षेत्रमा लागें,’ रमेशले भने, ‘अहिले आएर हाम्रो प्रेम कहानी सफल भएको छ ।’

अष्ट्रेलियामै विवाह गरेपछि अब सधैं यतै बस्ने हो कि ? भनेर सोधिएको प्रश्नमा रमेशले भने, ‘जहाँ जसरी रहे पनि मलाई चिनाउने विधालाई म छोड्न सक्दिन र छोड्दिन पनि । मलाई यसबारेमा मेरी संगिनीले पनि साथ दिंदै आएकी छिन् । कहिले नेपाल त कहिले अष्ट्रेलिया बसिन्छ होला तर गीत-संगीतबाट टाढा हुँदिनँ ।’

रमेश नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष समेत हुन् । उनले थुप्रै लोक तथा दोहोरी गीत सिर्जना गरेका छन् । रामकृष्ण ढकालले गाएको ‘म हुरीमा दियो’ रमेशले शब्द रचना गरेको लोकप्रिय आधुनिक गीत हो ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?