+
+

अंकिता लेख्छिन्- आमाले तिमीलाई याद गरिरहनेछिन्, रेस्ट इन पिस स्कच

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १९:०९

‘हेल्लो साथी, आमाले तिमीलाई एकदमै सम्झिनेछ । रेस्ट इन पिस स्कच ।’ भारतीय टेलिभिजन अभिनेत्री अंकिता लोखन्डेले आफ्नो इन्स्टाग्राममा यही भावुक वाक्यांशसहित एउटा कुकुरको फोटो साझेदार गरेकी छिन् । ल्याब्रोडर जातको उक्त कुकुरको मृत्यु भएपछि उनले यसरी दुःखमनाउ गरेकी हुन् ।

अंकिताले इन्टाग्राममै अर्को भिडियो पनि राखेकी छिन्, कुकुरको । त्यसमा लेखेकी छिन्, ‘जब मसँग अरु कोही साथ थिएन, त्यो खराब समयमा मलाई स्कचले साथ दिएको थियो ।’

अंकिता लोखन्डे र दिवंगत अभिनेता सुशान्त सिंह राजपुत जतिबेला प्रेम सम्बन्धमा थिए, उनीहरुले सो कुकुरको बच्चा पालेका थिए । ‘स्कच’ नामक उक्त  कुकुरलाई उनीहरु दुवैले प्रेमपूर्वक हुर्काएका थिए ।

पछि सुशान्त र अंकिताको प्रेम सम्बन्ध टुट्यो । उनीहरु अलग भएपछि कुकुरलाई अंकिताले आफूसँगै राखेकी थिइन् ।

स्कच नाममा एउटा इन्स्टाग्राम अकाउन्ट पनि छ । त्यसमा सुशान्तका केही तस्वीर छन् । केही तस्वीरमा सुशान्तसँग उक्त कुकुर खेलिरहेको देखिन्छ । त्यसो त अंकिताले पनि आफ्नो इन्स्टाग्राममा स्कचसँग खेलेको फोटो, भिडियो साझेदार गरिरहन्थिन् । केही समयअघि कुकुरसँग खेलिरहेको फोटो पोस्ट गर्दै लेखेकी थिइन्, ‘मेरो बच्चा राम्रो छ ।’ यो भिडियोले एक घण्टामा अढाई लाख बढी भ्युज पाएको थियो ।

हालै मात्र रियलिटी शो ‘बिग बोस–१७’ बाट उनी चर्चामा आइन् । यद्यपि बिग बोसबाट उनको यात्रा टुंगिएको छ । उनले बिग बोसको घरमा तीन महिनाभन्दा बढी समय बिताएकी थिइन् । बिग बोसमा उनी आफ्ना श्रीमान् विक्की जैनसँग प्रवेश गरेकी थिइन् ।

कहिले प्रेग्नेन्सी टेस्ट गरेर त कहिले आफ्नै श्रीमानसँग झगडा गरेर बिग बोसमा अंकिताले धेरैको ध्यान खिचेकी थिइन् । भनिन्छ, अंकिता र विक्कीबीचको झगडाले चर्को रुप लिंदै गएपछि उनीहरुका परिवारका सदस्यलाई नै विग बोसमा बोलाएर झगडा साम्य पार्न लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?