+
+

कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, खुकुरीसहित ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १९:५०

२२ माघ, धनगढी । कैलालीमा विद्यार्थीहरुबीच सामूहिक झडप (ग्याङ फाइट) भएको छ ।

गौरीगंगा नगरपालिका–१ गोप्काको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच सोमबार दिउँसो सामूहिक झडप भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले झडपमा संलग्न दुवै पक्षका ८ जनालाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुको साथबाट खुकुरी र नक बरामद गरिएको चन्दले बताए । प्रहरीले नियन्त्रणमा लिएकाहरु १३ देखि २० वर्षसम्म उमेर समूहका रहेका छन् ।

उनीहरुबीचको झडपको कारण नखुलेको बताउँदै डीएसपी चन्दले चौमाला प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?