+
+

कन्सर्टका लागि काठमाडौं आउँदै बलिउड गायक आतिफ असलम

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १४:५९

काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि चर्चित पाकिस्तानी तथा बलिउड गायक आतिफ असलम नेपाल आउने भएका छन् । आगामी चैत ३० गते नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा उनले काठमाडौंको हायात रिजेन्सीको मैदानमा प्रस्तुति दिन लागेका हुन् ।

ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले उनलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेका हुन् । कम्पनीका सीईओ जितबहादुर लामाले अर्का एक चर्चित भारतीय कलाकार पनि नेपाल आउन लागेको बताए । यो घोषणा केही दिनमा गरिने जनाइएको छ ।

चैत २९ गते नेपाल आइपुग्ने गायक असलमले कन्सर्टसँगै नेपालको पर्वतीय उडान र नेपालका सम्पदा भ्रमण गर्ने कार्यक्रम छ । ‘कन्सर्टका लागि अत्याधुनिक ध्वनि उपकरण पनि विदेशबाट आउनेछ । व्यवस्थित ढंगले कन्सर्ट हुनेछ,’ लामाले अनलाइनखबरसँग भने, ‘अर्का एक इण्डियन आर्टिस्ट पनि आउनुहुनेछ ।’

यो कन्सर्टको टिकट पार्टनरको रुपमा खल्ती डिजिटल वालेट रहेको छ । आतिफको यो दोस्रो नेपाल कन्सर्ट हुनेछ । यसअघि सन् २०१२ मा पनि काठमाडौंको दशरथ रंगशालामा सांगीतिक प्रस्तुति दिएका थिए ।

चैत ३० र वैशाख १ गते हुने कार्यक्रममा नेपाली कलाकारले पनि कन्सर्ट प्रस्तुत गर्ने भएका छन् । नयाँवर्षको पहिलो दिन फुड फेस्टिभल पनि हुने भएको छ । सात वर्ष लामो ग्यापपछि आतिफ असलमले बलिउडमा पुनरागमन गर्न लागेको खबर गत साता सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?