+
+

एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १७:०६

२३ माघ, काठमाडौं । प्रतिनिधि विवादका कारणले प्रभावित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन १ फागुनबाट सुरु हुने भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बन्दसत्र १ फागुन ११ बजे सुरु हुने सूचना जारी गरेका हुन् । गत १९ माघमा उद्घाटन भएको अधिवेशन आन्तरिक विवादका कारणले अगाडि बढ्न सकेको थिएन ।

विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षलाई बालकोट बोलाएर छलफल गरेका थिए । छलफलपछि प्रतिनिधि छनोटमाथि केन्द्रीय संगठन विभागले अनुसन्धान गरेर बन्द सत्र सुरु गर्ने सहमति जुटेको थियो ।

त्यसअनुसार, अधिवेशन अगाडि बढाउने जिम्मा भानुभक्त ढकाल र माधव ढुंगेलले पाएका थिए । तर अझैपनि आवश्यक गृहकार्य गर्नुपर्ने भन्दै १ फागुनसम्म अधिवेशन स्थगित गरिएको छ ।

एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?