+
+

सिंहदरबारमा २ सचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १९:१५

२३ माघ, काठमाडौं । सरकारले २ सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले सरजुकुमार वैद्य र मणिराम गेलालको सरुवा गर्ने निर्णय गरेको हो ।

सचिव वैद्य सहरी विकास मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् । गत २४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल ट्रस्टको कार्यालयबाट वैद्यलाई सहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । ४ महिनामा नै उनको मन्त्रिपरिषद् कार्यालयमा सरूवा भएको हो ।

अब सहरी विकास मन्त्रालयको सचिवको जिम्मा प्रधानमन्त्री कार्यालयका इन्जिनियरिङ समूहका सचिव मणिराम गेलालले पाएका छन् । गेलाल लामो समयदेखि सहरी विकास मन्त्रालयमा जान प्रयासरत थिए ।

ठूलो बजेट भएकाले सहरी विकास मन्त्रालयको सचिव हुन पछिल्लो समयमा इन्जिनियरिङ समूहका विभिन्न सचिवहरुले जोडबल लगाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?