+
+

भिजिट भिसा ठगी प्रकरणमा अध्यागमन अधिकृत पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते २१:२६

२३ माघ, काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

जिल्ला अदालत काठमाडौंले खड्कासँगै मनोज तामाङ, सरोजकुमार यादव र अरुण दाहाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । त्यस्तै ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७ लाख, गीता शाहसँग ५ लाख, विनोद कार्कीसँग २ लाख र पदम लामा तथा रविन अर्यालसँग एक/एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?