+
+

घरेलु टोली दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते २१:४९

२३ माघ, काठमाडौं ।  भारतले आईसीसी यू–१९ विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

जितको लागि २४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतको जितमा सचिन दासले ९५ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ९६ रन बनाए ।

एक समय ३२-४ को अवस्थामा पुगेको भारतलाई खेलमा फर्काउन सचिन र उदयले पाँचौं विकेटका लागि १७१ रनको शानदार शतकीय साझेदारी गरेका थिए । उदय सहारान १२४ बलमा ६ चौकासहित ८१ रनमा रन आउट भए ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर क्वेना मफाकाले १० ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । ट्रिस्टन लुसले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिका ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । दक्षिण अपिफ्रका ओपनर लुआन ड्रे प्रिटोरियसले १०२ बलमा ६ चौका र ३ चौकासहित ७६ रन बनाएका थिए । रिचर्ड सेलेट्सवेनले १०० बलमा ४ चौका र २ छक्कासहित ६४ रन बनाए ।

भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९ ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । मुसिर खानले दुई, नमान तिवारी र सौम्य पाण्डेले १–१ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र पाकिस्तानबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । जसको विजेताले फाइनलमा भारतसँग आइतबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?