+
+

हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १२:२४

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना तथा ठूला सबै पूर्वाधारको अवस्था बेहाल रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधबार बोल्ने क्रममा महामन्त्री थापाले आफूले गरेको संवाद यात्राको क्रममा पूर्वाधारको अवस्था बेहाल पाएको बताए । ‘चाहे झापाको कन्काइ पुल होस्, चाहे मोरङको रतुवामाई पुल होस्, धनुषाको कमला पुल होस्’, थापाले भने, ‘बाटोमा परेका ठूला आयोजना हुन् वा साना साना आयोजना हुन् । सबै आयोजनाको बेहाल छ ।’

सडक निर्माण समयमा हुन नसक्नु, रुख काटन् नपाएर र सरकारले भुक्तानी नदिएर आयोजना बेहाल भएको सुनेको पनि थापाले बताए । ‘यो कुरा गर्दै गर्दा एक अर्काले सजिलैसँग आरोप लगाउँछौं । अलि गहिरिएर हेर्‍यौं भने सबै सरकारमा बसेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?