+
+

जसको जति बढी पहुँच छ, त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १४:३८

२४ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रभु साहले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । आर्थिक अवस्था भयावह छ । देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ ।’

मुलुकमा जसले पनि भ्रष्टाचार गर्ने अवस्था देखिएको भन्दै साहले जहाँ जसले पायो उसले लुट्ने जस्तो स्थिति देखिएको बताए । ‘जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ’, साहले भने ।

सम्पत्ति लुट्नेहरुले पनि स्याबासी पाइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त रुपमा आवाज उठाउनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको सर्वेक्षणले ६ महिनामा ७ खर्ब रेमिट्यान्स आएको देखाएको भन्दै उनले धेरै रेमिट्यान्स आउँदैमा खुशी हुनु नपर्ने बताए ।

‘म सोध्न चाहन्छ– ६ वर्ष अगाडि कति युवा विदेश गएका थिए ? अहिले कति विदेश गए ? अहिले कति युवाहरु विदेशमा काम गरिरहेका छन् ? कति युवाले कति कमाउँछन र तिनबाट कति पैसा आउनुपर्ने हो ? जनतालाई बुझाउन जरुरी छ’, सांसद साहले भने ।

जिम्मेवारीमा रहेकाहरुबाटै भ्रष्टाचार हुने गरेको उनको भनाइ छ । ‘ठूलो ओहोदाहरु रहेकाहरुले आफू पदमा हुँदासम्म लुट्ने अनि इन्ड हुने बेलामा पीआर र ग्रिन कार्ड लिएर बाहिर जाने ? पहुँचवालाको छोराछोरी पहिले नै पठाइ दिने र देशलाई सोहोरेर आफू जाने ?’ उनले सोधे ।

बैंकले मनोमानी ब्याज लिने गरेको उल्लेख गर्दै सांसद साहले लघुवित्तको विषयमा पनि प्रश्न उठाए । ‘१० करोडबाट सुरु गरेको लघु वित्त पाँच वर्षमा खर्बौंमा पुग्छ । यो कसरी हुन्छ ?’ उनको प्रश्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?