+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कर्मचारीलाई अर्थमन्त्रीको चेतावनी : क्षमतामा प्रश्न उठे जुनसुकै बेला सरुवा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १७:१०

२४ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षमतामा प्रश्न उठे जुनसुकै बेला सरुवा हुने चेतावनी कर्मचारीलाई दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्तो चेतावनी दिएका हुन् ।

‘कार्यरत कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ,’ मन्त्री डा. महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’

अर्थमन्त्री डा. महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिए । काम गर्न नसके ठाउँ छाड्नु पर्ने समेत उनको चेतावनी छ ।

‘प्राप्त जिम्मेवारी र राज्यले दिएको तलबभत्ताबाट सन्तुष्ट हुनुपर्छ, मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन,’ उनले भने ।

उनले भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्न समेत निर्देशन दिए ।

कोभिड कालभन्दा बढी राजस्व उठाएर सन्तुष्ट हुन सक्ने बेला छैन

अर्थमन्त्री डा. महतले कोभिड कालको समय भन्दा अहिले सहज भएको अवस्थामा बढी राजस्व उठेको भन्दै सन्तुष्ट हुन नसकिने समेत उनले बताए ।

गाडी आयात कम हुँदा राजस्व कम भएको भन्ने भाष्य एक कारण भए पनि त्यो मात्र कारण नहुने उनको भनाइ छ ।

चोरी पैठारीका कारण राजस्वमा असर परेको उनको भनाइ छ । जफत गरेको सामानको लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजस्वबीच समन्वय हुन जरुरी देखिएको उनले बताए ।

उनले भने, ‘जाँच पासका लागि प्राविधिक रुपमा के–के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको रिर्पोट गर्नुहोस, तुरुन्त सम्बोधन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?