+
+

नापी कार्यालयका सर्वेक्षक र लेखापढी व्यवसायी १ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते २०:०९

२४ माघ, काठमाडौं । नापी कार्यालय कलंकी, काठमाडौंमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

उनीहरुले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?