+
+

सशस्त्र प्रहरीका ४ डीआईजी र १०० एसपीको सरूवा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १९:१८

२४ माघ, काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षहरुको काज सरुवा र एक सय जना सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा भएका छ ।

नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तर)को माघ २४ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुमा काज खटाइएको छ  ।
त्यस्तै प्रधान कार्यालले एक सय जना सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । उनीहरुले सरुवा भएको कार्यालयबाटै फागुन १ गतेदेखि तलब भत्ता तथा राशन पाउने छन् ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई कार्यान्वयन भए पश्चात नयाँ बढुवा भएका सि.सं. ३ सशस्त्र प्रहरी निरीक्षक टोलीका सशस्त्र प्रहरी उपरीक्षकसहित सिनियर ब्याच सि.सं. २ र अन्य विभागिय सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्डको जिम्मेवारी दिइएको हो ।
सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतमा गरेका कमाण्डको समेतलाई आधार मानी जेष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सोही अनुसारको जिम्मेवारी दिइएको हो ।
संगठनले अख्तियार गरेको पूर्वानुमान सूचीमा आधारित रहि हाल रिक्त रहेका कमाण्डलाई आधार मानी मेरिट अनुसार ४१ जना सशस्त्र प्रहरी उपरीक्षहरुले कमाण्डको जिम्मेवारी प्राप्त गरेका छन् ।
सशस्त्र प्रहरी मुख्‍यालयका अनुसार सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहुलाई सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ। यसअघि उनी सशस्त्र प्रहरी बल रिजर्भ गण ४३ नम्बर हेडक्वार्टरमा कार्यरत थिए ।

यस्तै  सशस्त्र प्रहरी बल नेपाल-४ मुक्तिनाथ बाहिनी मुख्‍यालय कास्कीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीलाई नेपाल विपद् व्‍यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा सरूवा गरिएको छ ।

यस्तै दिपक कुमार थापालाई सशस्त्र प्रहरी बल नेपाल प्रहरी कार्यालय सीमा सुरक्षा विभागमा ल्याइएको छ । यसैगरी समेनन्द बज्राचार्यलाई सशस्त्र प्रहरी बल मानव श्रोत विभागबाट सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वार्टर सुनसरीमा सरुवा गरिएको छ।

यता हर्कराज पन्तलाई एपीएफ अस्पतालबाट सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वार्टर दार्चुलामा सरुवा गरिएको छ।

त्यसैगरी राजु श्रेष्ठलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौंमा सरूवा गरिएको छ भने विजय कुमार केसीलाई  मावन स्रोत साधन विभागमा सरूवा गरिएको मुख्यालयले जनाएको छ ।

यस्तै  मनोज थापालाई नेपाल-३ गढीमाई बाहिनी मुख्‍यालय मकवानपुरमा, दिपेन्द्र कुँवरलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, हर्क बहादुर विष्टलाई  नेपाल नम्बर ४३ रिजर्भ गण मुख्यालय बनबेहडा कैलालीमा सरूवा गरिएको छ ।

एसपी महेश केसीलाई नेपाल मानव स्रोत विभाग, अर्जुन खत्रीलाई नेपाल-९  पशुपतिनाथ बाहिनी मुख्‍यालय काठमाडौं,  दिपेन्द्र गिरीलाई  नेपाल -१ बराह बाहिनी मुख्यालय सुनसरी सरूवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?