+
+

सुष्माले अष्ट्रेलियाबाटै गरिन् ‘उपहार’को डबिङ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १९:१५

काठमाडौं । अष्ट्रेलिया घुमघाममा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फिल्म ‘उपहार’को डबिङ गरेकी छिन् । फागुन २५ देखि प्रदर्शन तयारीमा रहेको फिल्ममा उनको महत्वपूर्ण भूमिका छ ।

अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी छन् ।

उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ ।

फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?