+
+

गुल्मीको रुरुमा एक जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १९:५१

२७ माघ गुल्मी । गुल्मीको रुरु गाउँपालिका-२ मा स्थानीय ६२ वर्षका हिमबहादुर कामी मृत अवस्थामा फेला परेका छन् ।

गत माघ २५ गते घरबाट हिँडेका उनी घडलङ डाँडास्थित गोरेटो बाटो भन्दा २ सय मिटर तल मृत अवस्थामा फेला परेका गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

घटना स्थलमा प्रहरी नायब निरीक्षक हरिबहादुर थापाको कमाण्डमा प्रहरी खटिएको छ ।

मृत फेला परेका कामीको शवलाई पोष्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?