+
+

त्रिविका उपकुलपति छनोटबारे छलफल गर्न संसदीय समितिले बोलायो शिक्षामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १७:२४

२८ माघ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ ।

सोमबार विहान ११ बजे बस्ने बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिक रुपमा उठेका प्रश्नहरुको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले बताए ।

त्यस्तै अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे पनि छलफल हुने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयमा तत्कालिन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल पूरा भएको तीन महिना भन्दा बढी भइसकेको छ ।

शिक्षामन्त्री अशोक राई नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि निवेदन दिन आह्वान गर्दा ४३ जनाले आवेदन दिएका थिए । सर्च कमिटीले तीमध्येबाट १४ जनाको सर्टलिस्ट बनाएको छ । सर्ट लिस्टमा वौद्धिक चोरीको आरोप लागेका र यसअघि परीक्षण भइसकेका व्यक्ति समेटिएको भन्दै आलोचना भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयसँगै पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि उपकुलपति नियुक्ति गर्ने बेला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?