+
+

बालगायक सुप्रिम मल्ललाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १८:३२

काठमाडौं । सानै उमेरदेखि गायन क्षेत्रमा प्रसिद्धि कमाएका बालगायक सुप्रिम मल्ल ठकुरीलाई प्रतिष्ठित ‘सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार-२०८०’ प्रदान गरिएको छ ।

पोखरामा आयोजित समारोहमा ठकुरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५० हजार रूपैयाँ छ । शिक्षाविद् जर्ज जोन र सरुभक्त श्रेष्ठले सुप्रिमलाई पुरस्कार प्रदान गरे ।

११ वर्षको उमेरमै बालगायक ठकुरीको प्रसिद्धि लोभलाग्दो छ । लाइभ दोहोरीदेखि रेकर्डिङमा समेत उनको सक्रियता देखिन्छ । उनलाई सामाजिक सञ्जालमा पछ्याउने र रुचाउने दर्शक पनि प्रशस्तै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?