+
+

एकै जनाबाट पोखराका ६ ठाउँमा चोरी, पैसा, मदिरा र चुरोट मुख्य रोजाइ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १९:३५

२८ माघ, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा विभिन्न ठाउँमा सिलसिलाबद्ध रुपमा चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १४ का २१ वर्षीय दिपेश परियार छन् ।

परियारले एक महिना अवधिमा पोखराको लेकसाइड क्षेत्रका ६ वटा रेस्टुरेन्ट तथा क्याफेमा चोरी गरेको पाइएको छ । जसमा उनको रोजाइमा नगद, मदिरा र चुरोट परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएपी श्रवणकुमार विकका अनुसार पक्राउ परेका परियारमाथि पेशेवर रुपमा नै चोरीमा संलग्न व्यक्ति हुन् । उनलाई विभिन्न मितिमा ६ वटा ठाउँमा चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।

परियारले माघ १३ गते बिहान करिब २ बजे पोखरा ५ जिरो किमीबाट कफी बक्स क्याफेबाट १५ हजार रुपैयाँ नगदसहित ८९ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए ।

त्यही रात नै परियारले लेकसाइडको सेन्टरप्वाइन्टमा रहेको रेस्ट्रो लञ्ज एन्ड बारबाट ३५ हजार रुपैयाँ नगद रुपैयाँसहित केही सामान चोरी गरेको देखिएको प्रहरीले जनाएको छ ।

त्यो भन्दाअघि माघ १ गते बिहान करिब ५ बजे लेकसाइडमा रहेको सोल ओरिजिन क्याफेबाट १० हजार रुपैयाँ नगदसहित ८७ हजार रुपैयाँमा सामान चोरी गरेको प्रहरीले आरोप लगाएको छ ।

त्यस्तै, परियारले माघ १६ गते बिहान करिब ४ बजे लेकसाइडमै रहेको एलिज क्याफेमा २ हजार नगदसहित १२ हजार रुपैयाँका सामान चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । सोही दिन बिहान करिब ३ बजे उनले लेकसाइडकै फुटट्रयाकमा रहेको स्वप्निल दरबार खाजा घरबाट २ हजार रुपैयाँसहित २७ हजार बराबरको मदिरा चोरी गरेको डीएसपी विकले बताए ।

१६ गते नै उनले लेकसाइडको टोनिक लन्ज एन्ड बारबाट बिहान करिब साढे ४ बजे १३ हजार नगदसहित १९ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको प्रहरीको भनाइ छ । ‘निजले ६ वटै स्थानमा चोरी गरेको बयानका क्रममा स्वीकारिसकेका छन्’, डीएसपी विकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?