+
+

नेपालले टस जितेर क्यानडाविरुद्ध बलिङ गर्दै, हेमन्तको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते ९:२२

२९ माघ, काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्दैछ ।

टूयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु गराएको छ । नेपालबाट यू-१९ क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका हेमन्तलाई नेपालले अन्तिम खेलमा डेब्यु गराएको हो । सोमपाल कामीको स्थानमा हेमन्तलाई डेब्यु गराइएको हो ।

नेपालले आजको खेलमा आसिफ शेख, सूर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई विश्राम दिएको छ ।

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?