+
+

नेपालको प्लेइङ–११ मा चार परिवर्तन, सोमपाललाई विश्राम

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते ९:२७

२९ माघ, काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला बलिङ रोज्दै चार परिवर्तन गरेका हुन् ।

नेपालले आजको खेलमा दोस्रो खेल खेलेका आसिफ शेख, सुर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई विश्राम दिएको छ । हेमन्त धामी, ललित नारायण राजवंशी, आरिफ शेख र कुशल भुर्तेल नेपालको प्लेइङ–११ मा फर्किएका छन् ।

हेमन्तलाई राजु बस्न्यातले ओडीआई करिअरको ४१औं क्याप दिएका हुन् । सोमपाल कामीलाई विश्राम दिँदै हेमन्तलाई डेब्यु दिएको हो । आसिफ शेखलाई विश्राम दिंदा कुशल भुर्तेल टोलीमा फर्किएका छन् । ओपनिङ कुशल भुर्तेल र अनिल कुमार शाहले गर्नेछन् । त्यसै सूर्य तामाङको स्थानमा ललित राजवंशी टोलीमा फर्किएका छन् । रिजन ढकालको स्थानमा आरिफ शेख फर्किएका हुन् ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।

बेन्च : रिजन ढकाल, सोमपाल कामी, सूर्य तामाङ र आसिफ शेख ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?