+
+

त्रिवि उपकुलपतिमा खनिया, बराल र भुसालबारे पुनर्विचार गर्न संसदीय समितिको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १५:०५
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको फाइल तस्वीर ।

२९ माघ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना  प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्दा विवादित व्यक्तिबारे पुनर्विचार गर्न प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई नेतृत्वमा गठित सिफारिस समितिले ४३ जनामध्ये १४ जनाको नाम सर्टलिस्ट गरेको छ ।

तर सर्टलिस्टमा परेकामध्ये बौद्धिक चोरीको आरोप लागेका पूर्वउपकुलपति तीर्थ खनिया, भ्रष्टाचार मुद्दामा मुछिएका पोखरा विश्वविद्यालका पूर्वउपकुलपति केशरजंग बराल र त्रिविका हालका उपकुलपति शिवलाल भुसालको नाममा पुनर्विचार गर्न समितिले निर्देशन दिएको हो । भुसाललाई भने सूचना लुकाएको आरोपमा राष्ट्रिय सूचना आयोगले जरिवाना तिराएको थियो ।

‘अहिले सुचीकृतमा परेकामध्ये केही बौद्धिक चोरीमा परेका, भ्रष्टाचारमा मुछिएका र सूचना लुकाएका व्यक्तिहरुलाई सुचीबाट आउट गर्ने शब्द कत्तिको ठीक हुन्छ यस्तो व्यक्तिलाई विशेष ध्यान दिन शिक्षा मन्त्रालय, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराऔ’, समिति बैठकमा सभापति भानुभक्त जोशीले भने ।

समितिको बैठकले कार्यबाहक उपकुलपति भुसालले मनोमानी रुपमा गरेको नियुक्ति र सरुवाको विषयमा कानुन सम्भव भए नभएको छाबिन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?