+
+
गजुरीमा जुहारी :

अध्यक्षले दिए जनयुद्ध दिवसमा बिदा, उपाध्यक्ष भन्छिन् : बिदा छैन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते २०:२८

२८ माघ, हेटौंडा । १ फागुनमा जनयुद्ध दिवसको बिदाका विषयमा धादिङको गजुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले सोमबार परस्पर विपरीत निर्देशन जारी गरेका छन् ।

अध्यक्ष गणेशलाल श्रेष्ठले १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय र संघसंस्थाहरु बन्द रहने बताएका छन् । तर गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले बिदा दिने विषयमा गाउँ कार्यपालिका बैठकमा छलफल नभएको भन्दै बिदा नरहेको सूचना निकालेकी छन् ।

उनले सर्वोच्च अदालतले समेत जनयुद्ध दिवसमा बिदा नदिन आदेश दिएको भन्दै गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र वित्तीय संस्थाहरु यथावत रुपमा खोल्न आग्रह गरेकी छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठ माओवादी केन्द्रबाट र उपाध्यक्ष बिसुराल नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

बागमतीमा बिदा नदिन आदेश

मकवानपुरको पूर्वी क्षेत्रको बागमती गाउँपालिकालाई भने १ फागुनमा बिदा नदिन उच्च अदालतले आदेश दिएको छ । बिदा दिने गाउँपालिकाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनको हेटौंडा इजलासले बिदा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यसअघि सर्वोच्च अदालतले १३ पुसमा जनयुद्ध दिवसमा बिदा नदिन अन्तरिम आदेश दिएको भन्दै उच्च अदालतले बागमतीलाई बिदा नदिन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?