+
+

महिला टी-२० आई क्रिकेटमा रुविना र पूजाको विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १४:१४

१ फागुन, काठमाडौं । नेपालका दुई ब्याटर रुविना क्षेत्री र पुजा महतोले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमान बनाएका छन् ।

रुविना र पुजाले माल्ल्दिभ्सविरुद्ध पाँचौं विकेटका लागि ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए । जुन साझेदारी महिला टी-२० आई विश्वकै पाँचौं विकेटका लागि भएको सर्वाधिक ठूलो हो ।

यसअघि महिला टी-२० आईमा पाँचौं विकेटका लागि अष्ट्रेलियाका ग्रेसी हारिस र आश्लिघ गार्डनरले २०२२ मा भारतविरुद्ध १२९ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी रुविना र पुजाले तोडेका हुन् ।

महिला टी-२० आईमा सर्वाधिक ठूलो साझेदारी अर्जेन्टिनाका लुचिया टेलर र गलानले पहिलो विकेटका लागि २०२३ अक्टोबरमा चिल्लीविरुद्ध ३५० रनको साझेदारी गरेका थिए । त्यो खेलमा अर्जेन्टिनाले २० ओभरमा १ विकेट गुमाउँदै ४२७ रन बनाएको थियो ।

पुरुष र महिला कुनै पनि टी-२० क्रिकेटमा बनेको त्यो नै उच्च साझेदारी र योगफल हो । मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।

नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । त्यस्तै पुजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।

यो खेलमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?