+
+

नापी कार्यालय धनुषामा सेवाग्राहीमाथि दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १४:३४

१ फागुन, जनकपुरधाम । धनुषाको नापी कार्यालयमा एक सेवाग्राहीमाथि दुर्व्यवहार भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका -१३ सेवाग्राही प्रकाश सााहले आफूमाथि कुटपिट नै भएको दाबी गरेका छन् ।

मेडिकल अफिसर समेत रहेका साहले बिहान साढे १० बजे कार्यालयमा नक्साको कामका लागि पुगेको बेला कार्यालयका कर्मचारीहरु नागेन्द्र यादव, ज्ञानकुमार यादव र बिमलेश मिश्र लगायतले आफूमाथि कुटपिट गरेको बताए ।

‘सोमबार पनि कार्यालय पुगेको थिएँ । काम नभएर फर्के । आज बिहान १० बजे नै पुगेर नक्सा लिने प्रक्रियामा पुगेको थिएँ’, साहले भने ‘कर्मचारीहरुले आज काम गर्ने कर्मचारी नआएकाले अर्को दिन आउन भने । त्यहीबेला स्वीकृति लिएर उहाँहरुको भनाइ मोबाइलमा भिडियो लिन खोज्दा तीनैजना कर्मचारीले झापट, मुक्काले हिर्काउँदै मोबाइल खोसे ।’

कुटपिटको आरोप लागेका कर्मचारी ज्ञानकुमारले आफूले नकुटेको दाबी गरे । कर्मचारी बिमलेश मिश्रले बिना स्वीकृति भिडियो खिचेकाले मोबाइलमा खोसेर डिलिट गरेको स्वीकारे ।

कार्यालय निमित्त प्रमुख कामेश्वर राउतले कार्यालयमा मोबाइल खोसाखोसमा धकेलाधकेल मात्रै भएको बताए । उनले धकेलाधकेल हुँदा छुटाएको पनि बताए ।

आफूमाथि कुटपिट तथा दुर्ववहार गर्ने कर्मचारीमाथिको उजुरी गर्न जाँदा जिल्ला प्रशासन कार्यालय धनुषाले दर्ता नगरेको गुनासो साहले गरे ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले उजुरी आउँदा नापी कार्यालय प्रमुखसँग बुझेको र सामान्य विवाद मात्र भएको भनेपछि उतै गएर उजुरी दिन भनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?