+
+

जनकपुरमा स्कुल बसको ठक्करबाट महिलाको मृत्युपछि तनाव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १४:०३

२० फागुन, जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त छ ।

जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते छन् ।

स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।

स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्  । त्यसक्रममा करिब आधा दर्जन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?