+
+

जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १२:१८

२० फागुन, जनकपुरधाम । जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा जनकपुरको एजन्जल्स स्कुलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । घाइतेहरुमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँचजना छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । सडक छेउमा हिँडिरहेका महिलालाई तिव्रगतिमा रहेको बसले ठक्कर दिएको स्थानीयबासिन्दाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?